राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट गोरखा १ मा उम्मेदवार बनेका सुधन गुरुङ सच्चा राष्ट्रवादी भएको बताएका छन् ।
गोरखाको आरुघाटमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै लामिछानेले सुधनको नागरिकतासँगै छातीसमेत चिरेर छानबिन गरे पनि उनी देशको सच्चा सपुत ठहरिने दाबी गरे ।
गुरुङको नागरिकता नक्कली रहेको दाबी गर्दै समाचारहरू बाहिर आएका थिए ।
बिहीबारको सम्बोधनमा लामिछानेले भने, ‘सुधन गुरुङको नागरिकता मात्र होइन, उसको छाती चिरेर चेक गर । यो देशलाई माया गर्ने सच्चा सपुत हो सुधन गुरुङ ।’




प्रतिक्रिया दिनुहोस्