भदौ २३ गते युवाहरूको निर्ममतापूर्वक हत्या गर्नेले नैतिक जिम्मेवारी समेत लिएनन्ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरे। देश निर्वाचन सम्पन्न गर्नेतिर अघि बढेको उनको भनाइ छ।

उनले भदौ २३ गते दुई तिहाइको अहङ्कारले युवाहरूको हत्या गरेको आरोप लगाए। उनले भने, ‘२३ गते युवाहरूमाथि निर्ममतापूर्वक हत्या गर्ने अतिवादी प्रवृत्ति, दुई तिहाइको दम्भले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरूको आवाजलाई बलपूर्वक दमन गर्ने प्रवृत्ति नेपालको राजनीति र निर्वाचनमा अहिलेसम्म पनि आत्मसमीक्षा गर्न तयार भएको छैन।’

उनले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिन समेत तयार नभएको भन्दै आपत्ति जनाए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार