बुटवलमा भोलि कांग्रेसको सभा, गगन थापाले सम्बोधन गर्ने

रुपन्देही । नेपाली कांग्रेसले बुटवलमा भोलि चुनावी सभा गर्ने भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा शुक्रबार बिहान १० बजे बुटवलको देवीनगरमा चुनावीसभाको आयोजना गरिएको हो ।

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा लगायतका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको क्षेत्रिय कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले बताए ।

सभामा रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको उपस्थिति रहने छ ।

नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर १ मा हिराबहादुर केसी, २ मा चुन्नप्रसाद पौडेल, ३ मा शुशिल गुरुङ, ४ मा आशुतोष मिश्र र ५ मा भरतकुमार शाहलाई उम्मेद्वार बनाएको छ ।

थापाले आज बाँके र सुर्खेतमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार