टी-२० विश्वकप २०२६ को ‘एसोसिएट टिम अफ दि टुर्नामेन्ट’मा नेपालका दीपेन्द्रसिंह ऐरी पनि

सन् २०२६ को टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गर्दै ठूला टोलीहरूलाई कडा टक्कर दिए।

तर उनीहरुले समूह चरणबाट सुपर-८ मा स्थान पक्का गर्न सकेनन्। प्रतियोगितामा चम्किएका उत्कृष्ट एसोसिएट खेलाडीहरू समेटिएको ‘टिम अफ द टूर्नामेन्ट’ क्रिकेटको चर्चिव वेवपोर्टल इएसपिएन क्रिकइन्फोले तयार गरेको छ। 

१. युवराज सामरा (क्यानडा)
१९ वर्षका ओपनर न्युजिल्यान्डविरुद्ध टी-२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट ब्याटर बने। उनले म्याट हेनरी र जिमी निसम जस्ता बलरलाई निशाना बनाउँदै छक्का र चौका प्रहार गरे। यद्यपी ११० रनको त्यो एउटा पारीबाहेक अन्य तीन खेलमा उनले १७ रनभन्दा बढी बनाउन सकेनन्।

२. सायन जहाँगिर (अमेरिका, विकेटकिपर)
टी-२० विश्वकप २०२६ मा एसोसिएट टोलीका विकेटकिपको प्रदर्शन खासै राम्रो रहेन, त्यसैले जहाँगिरले यो स्थान पाएका हुन्। पाकिस्तानविरुद्धको खेलमा टोलीका अन्य ६ खेलाडीले दोहोरो अंक छुन नसक्दा उनले ३४ बलमा ४९ रन बनाएर टिमलाई जितको आशा दिलाएका थिए।

३. बास डी लिडे (नेदरल्याण्ड्स)
अलराउन्डरले डी लिडेले समूह चरणमा सानदार प्रदर्शन गरे। उनले पाकिस्तान र भारतविरुद्ध उपयोगी रन बनाए भने नामिबियाविरुद्ध ७२ रनको अविजित पारी खेल्नुका साथै २ विकेट पनि लिए। अमेरिकाविरुद्धको खेलमा पनि उनले ३ विकेट लिएका थिए।

४. दीपेन्द्रसिंह ऐरी (नेपाल)
नेपालले इंग्ल्याण्डलाई निकै दबाबमा राख्दा दीपेन्द्रले २९ बलमा ४४ रन बनाउनुका साथै २ विकेट पनि लिएका थिए। वेस्ट इन्डिजविरुद्ध ५८ रन बनाएका उनले स्कटल्याण्डविरुद्धको जितमा मात्र २३ बलमा ५० रनको विष्फोटक पारी खेले। उनी नेपालका लागि सबैभन्दा भरपर्दा खेलाडी साबित भए।

५. जेरार्ड इरास्मस (नामिबिया, कप्तान)
नामिबियाका कप्तान ब्याटिङमा खासै जम्न नसके पनि बलिङमा भने ७ विकेट लिए। भारतविरुद्ध उनले हार्दिक पाण्ड्या र इशान किशनसहित ४ विकेट लिएका थिए। उनको बलिङ निकै किफायती (इकोनोमिकल) रह्यो।

६. शुभम रञ्जने (अमेरिका)
शुभमले ठूला टोलीहरू विरुद्ध निकै प्रभावकारी ब्याटिङ गरे। भारतविरुद्ध २२ बलमा ३७ रन, पाकिस्तानविरुद्ध ३० बलमा ५१ रन र नेदरल्याण्ड्सविरुद्ध २४ बलमा ४८ रन बनाएर उनले अमेरिकाको मध्यक्रम सम्हाले। उनले बलिङमा पनि टोलीलाई सहयोग गरे।

७. बेन मानेन्टी (इटाली)
इटालीको पहिलो विश्वकप यात्रामा मानेन्टी ‘एक्स-फ्याक्टर’ बने। नेपालविरुद्धको ऐतिहासिक जितमा उनले ९ रन दिएर २ विकेट लिए। उनले इंग्ल्याण्ड र स्कटल्याण्डविरुद्ध पनि आक्रामक अर्धशतक प्रहार गरे। तथ्याङ्कका आधारमा उनी सबैभन्दा बढी प्रभाव पार्ने खेलाडी देखिए।

८. माइकल लिस्क (स्कटल्याण्ड)
लिस्कले इटालीविरुद्ध अन्तिम ओभरमा ५ बलमा २२ रन बनाउँदै स्कटल्याण्डलाई २०० पार गराए र बलिङमा ४ विकेट पनि लिए। उनले इंग्ल्याण्डका ह्यारी ब्रुकलाई पनि आउट गरेका थिए।

९. शाड्ली भान शाल्क्विक (अमेरिका)
तीव्र गतिका बलर शाड्लीले विश्वकपमा तहल्का मच्चाए। भारतविरुद्ध वानखेडे स्टेडियममा ४ विकेट लिँदै उनले भारतीय टोलीलाई सुरुवातमै संकटमा पारेका थिए। पाकिस्तानविरुद्ध पनि उनले ४ विकेट लिए। 

१०. आर्यन दत्त (नेदरल्याण्ड्स)
अफ-स्पिनर आर्यनले नयाँ बलका साथ भारत र पाकिस्तानका माथिल्लो क्रमका ब्याटरहरूलाई निकै सताए। भारतविरुद्धको खेलमा उनले अभिषेक शर्मा र इशान किशनलाई सस्तैमा आउट गर्नुका साथै धेरै डट बलहरू फालेर दबाब सिर्जना गरे।

११. क्रिशन कालुगामागे (इटाली)
इटालीका यी लेग-स्पिनरले नेपालविरुद्ध ३ विकेट लिँदै नेपाली समर्थकहरूलाई स्तब्ध पारेका थिए। उनले इंग्ल्याण्ड र वेस्ट इन्डिजका ठूला नाम भएका ब्याटरहरूलाई पनि आफ्नो स्पिनको जालमा पारे।

१२ औं खेलाडी: माइकल जोन्स (स्कटल्याण्ड)
ब्याटिङमा राम्रो औषत र स्ट्राइक रेटका साथ रन बनाएका जोन्सलाई १२ औं खेलाडीको रूपमा राखिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार