राजपरिवारका सदस्यहरू फागुन १६ गतेभित्र सडकमा उत्रने तयारीमा हुनुहुन्छ : दुर्गा प्रसाईं

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ’ अभियानका संयोजक दुर्गा प्रसाईंले यही फागुन १६ गतेभित्र राजपरिवारका सदस्यहरू सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्।

प्रसाईंले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन्। राजपरिवारका सदस्यहरू राष्ट्र, धर्म र नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गर्दै उनले नागरिकहरूलाई एकजुट हुन आग्रह गरेका छन्। उनले राष्ट्रलाई बाह्य प्रभावबाट जोगाउन तथा धर्म–संस्कृतिको संरक्षण गर्न सबै नेपालीलाई तन, मन र वचनले साथ दिन अपिल गरेका छन्।

उनले भनेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयं अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौंमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौं। राष्ट्र,धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार