डडेल्धुरामा निःशुल्क परिवार नियोजन शिविर, २७ जनाले लिए सेवा

डडेल्धुराः डडेल्धुरामा निःशुल्क परिवार नियोजनसम्बन्धी शिविर सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय डडेल्धुरा को आयोजना, सुनौलो परिवार नेपाल को सहकार्य तथा जिल्लाभित्रका विभिन्न स्थानीय तहको समन्वयमा शिविर सम्पन्न भएको हो।

फागुन ९ गते नेपाल रेडक्रस सोसाइटी को रेडक्रस भवन डडेल्धुरामा, फागुन ११ गते जोगबुडा अस्पताल र फागुन १२ गते आलिताल स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको जनाइएको छ।

शिविरमार्फत भ्यासेक्टोमी र मिनिल्यापजस्ता स्थायी परिवार नियोजन सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको थियो। स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर भवान सिंह कुँवरका अनुसार तीनवटै स्थानमा सञ्चालन गरिएको शिविरबाट कुल २७ जनाले स्थायी परिवार नियोजन सेवा लिएका छन्।

जोगबुडा अस्पतालमा १२ जनाले सेवा लिएका थिए, जसमा ३ जनाले भ्यासेक्टोमी र ९ जनाले मिनिल्याप सेवा रोजेका छन्। यस्तै, रेडक्रस भवन डडेल्धुरामा आयोजित शिविरबाट ६ जनाले सेवा लिएका थिए, जसमा १ जनाले भ्यासेक्टोमी र ५ जनाले मिनिल्याप सेवा लिएका हुन्।

आलिताल स्वास्थ्य चौकीमा सम्पन्न शिविरबाट ९ जनाले सेवा लिएका छन्, जसमध्ये २ जनाले भ्यासेक्टोमी र ७ जनाले मिनिल्याप सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार