कैलाली । कैलालीको राजनीतीमा अहिले एउटा नाम चर्चामा छ, डा. आनन्द बहादुर चन्द ।
पुर्ख्यौली घर बैतडी भएका चन्द अहिले कैलालीबासी हुन् । बैतडीमै जन्मिएर, बैतडीमै बाल्याकाल बिताएका चन्दले बैतडीबाटै आधारभूत शिक्षा हासिल गरेका हुन् ।
सानैदेखि पढाइमा अब्बल चन्दमा ‘देश बन्नुपर्छ’ भन्ने अठोट र हुटहुटी सानैदेखि थियो ।
‘पढाइ त मेरो सानैदेखि राम्रै थियो । पढ्नुपर्छ भन्ने अठोटले आज यहाँसम्म आइपुगेको छु ।’, बाल्यकाल सम्झिदै चन्दले भने, ‘पढ्नुपर्छ भन्ने मात्र होइन, देश बन्नुपर्छ भन्ने पनि अठोट म मा सानैदेखि थियो ।’
पढ्नैका लागि चन्दले बैतडी छोडे । चन्दले भने, ‘उबेला गाउँमा गुणस्तरीय शिक्षा पाउन गाह्रो मात्र होइन, असम्भव जस्तै थियो ।’ त्यही कारण पढाइकै लागि बैतडीबाट महेन्द्रनगर झरेको चन्द बताउँछन । चन्दले बिएससी महेन्द्रनगरबाटै क्लिएर गरेका हुन् । पछि पढाइकै लागि काठमाडौँ पुगेका चन्दले काठमाडौँबाटै स्नातकोत्तर गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट Organic Chemistry मा M.Sc. हासिल गरेका छन्उ । यो उपलब्धिलाई चन्दले उपलब्धि मात्र नभएर सोचको गहिराई र प्रतिबद्दताको परिचयका रुपमा विश्लेषण गर्ने गरेका छन् ।

वैदेशिक अध्ययन र अनुभवले पोख्त
अध्ययन र अनुभवलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्ने चन्दले अहिले रसायनशास्त्रमा North Carolina A&T State University सँगको सहकार्यमा पिएचडी गर्दैछन् ।
चन्दको सिकाई र भोगाईको अनुभव देशमा मात्र छैन, विदेशमा पनि छ ।
सुर्तीजन्य पदार्थविरुद्द कडा कानून र ९० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनीको प्रभावकारिताबारे विश्व मन्चमा वकालत गरेका चन्दले अमेरिकाको जोन्स हप्किन्स ब्लुम्बर्ग स्कुल अफ पब्लिक हेल्थबाट ‘ग्लोबल टोबाको कन्ट्रोल लिडरसिप’ तालिम लिएका छन् ।
त्यस्तै उनले फ्रान्सको इन्स्टिच्युट माईन्स-टेलिकम बिजनेश स्कुलबाट ‘डिजिटल रुपान्तरण र नवप्रवर्तन व्यवस्थापन’ सम्बन्धी उच्च स्तरीय प्रशिक्षण लिएका छन् ।

सरकारी नेतृत्वमा खरो अनुभव
वैदेशिक अध्ययन र अनुभवले खारिएका चन्द नेपाल खाद्य संस्थानका पूर्व अध्यक्ष समेत हुन् ।
नेपाल खाद्य संस्थानको अध्यक्ष रहिसकेका चन्दले राष्ट्रीय खाद्य सुरक्षा र आपूर्ति व्यवस्थापनको जटिल जिम्मेवारी सफलतापुर्वक सम्हालेका थिए । त्यही कारण पनि चन्द आज पनि अनुभवी व्यवस्थापकीय नेतृत्वका रुपमा परिचित छन् ।
त्यस्तै चन्दले खाद्य संस्थानको अध्यक्षसंगै नेपाल सरकारको बिपी कोइराला मेमोरियल प्लानेटेरियल अब्जरभेटरी र विज्ञान संग्राहलय विकास बोर्डको कार्यकारी निर्देशकका रुपमा कार्य गरी प्रविधि र अनुसन्धानको क्षेत्रमा कुशल प्रशासकको भूमिका निभाईसकेका छन् ।
अर्कोतर्फ चन्दले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा रसायन शास्त्रको सहायक प्राध्यापकका रुपमा १७ वर्ष भन्दा बढि ज्ञान हस्तान्तरण गरेका थिए ।
पढाइमा अब्बल, अनुभवमा खरो र नेतृत्वमा उत्कृष्ट चन्द व्यक्तिगत जीवनमा पनि सादगी र सामाजिक उत्तरदायित्व उत्तिकै छ । शिक्षा, सुशासन, प्रविधि र नवप्रवर्तनमा विश्वास राख्ने उनका निर्णय र दृष्टिकोणले केवल शब्दमा होइन, काममा पनि जनता र समाजको हित सुनिश्चित गर्छ ।

राजनीतिमार्फत समृद्दीको रेखा कोर्ने अठोट
अहिले उनै चन्द चुनावी मैदानमा छन् । विभिन्न तहमा नेतृत्वदाई भूमिका निभाईसकेका चन्दले राजनीतिबाटै मुलुकको विकास गर्ने संकल्प लिएको बताएका छन् ।
‘आजसम्म मैले जे गरेँ, जहाँ बसेर गरेँ, त्यो सुरुवात थियो, सिकाई थियो ।’, उनले भने, ‘अब जे गर्दैछु त्यो नितान्त सिकाइलाई व्यवहारमा उतार्न खोजेको हुँ । अब राजनीतिबाटै समृद्दीको यात्रा तय गर्ने हो ।’




प्रतिक्रिया दिनुहोस्