धनगढीः कैलालीको धनगढी स्थित मिलन चोकमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन्।
बुधवार भएको दुर्घटनामा अटो चालक धनगढी – १ का ६५ वर्षीय राम सोगारत यादव, मोटरसाइकल चालक धनगढी- १७ का २९ वर्षीय रवीन्द्र साउद र मोटरसाइकलको पछाडि सवार डोटीको बडिकेदार-२ का २८ वर्षीय पदम बहादुर साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सुप प्र ०१०१० प ३२१८ नम्बरको मोटरसाइकल र धउमनपा ०६३९ नम्बरको अटो रिक्सा दुर्घटनामा घाइते भएका तीनै जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्