निर्वाचन हुनुभन्दा ७ दिनअघि मदिरा बेचबिखन रोक्नेबारे छलफल

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको ७ दिनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ।
  • निर्वाचन आयोगले मदिरा बेचबिखन रोक्न सरकारलाई सिफारिस गर्नेछ, फागुन २१ मा निर्वाचन हुँदैछ।
  • उच्चस्तरीय सुरक्षा समितिले सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरेको छ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुनभन्दा ७ दिनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको बैठकमा सहभागी एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

मंगलबारको छलफल अनुसार निर्वाचन आयोगले मदिरा बेचबिखन रोक्नेबारे सरकारलाई सिफारिस गर्नेछ । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सिफारिस गरेपछि गृह मन्त्रालयबाट मदिराबारे निर्णय हुने बैठकमा सहभागी ती अधिकृतले बताए ।

उनले भने– ‘कम्तीमा ७ दिन अघिदेखि मदिरा बेचबिखनमा पूर्ण रोक लगाउनुपर्छ भन्ने छलफल भएको छ ।’

मदिरा बिक्रीमा नियन्त्रण नगरेमा त्यसले निर्वाचन सुरक्षामा चुनौती थपिने विश्लेषण गरिएको छ । फागुन १९ मा मनाउन लागिएको तराई होलीलाई व्यवस्थित बनाउन पनि सरकारले मदिरा नियन्त्रण गर्ने तयारी गरिरहेको छ ।

उच्चस्तरीय सुरक्षा समितिले सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार