परिवर्तनको पक्षमा जुरुक्क उठ्यो बझाङ, शैलेश रोज्दै बझाङबासी !

धनगढी । देशभर घण्टी अर्थात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्रेज बढिरहेका बेला बझाङमा पनि रास्वपाको क्रेज ह्वात्तै बढेको छ । पुराना दलप्रति बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रतिको आशाले बझाङमा अहिले फरक किसिमको तरंग देखिएको छ ।

बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शैलेश सिंहले उम्मेदवारी दिएका छन् ।

अहिले बझाङको गाउँ–गाउँ र टोलबस्तीमा परिवर्तन मुख्य एजेण्डा बनेको छ र युवादेखि ज्येष्ठ नागरिसम्मले रास्वपा उम्मेदवार सिंहलाई नयाँ पुस्ताको आवाज र परिवर्तनको सम्बाहकका रुपमा हेर्न थालेका छन् ।

चुनावी भेटघाट र घरदैलोमा देखिएको सहभागिताले उनको पक्षमा माहोल बलियो बन्दै गएको समर्थकहरूको दाबी छ ।

अझ रोचक कुरा के छ ? भने भारतसहित तेस्रो मुलुकमा रहेका र जिल्ला बाहिर बसोबास गरिरहेका बझाङबासीहरू समेत यतिबेला मतदान गर्नकै लागि भन्दै घर फर्किरहेका छन् । अझ घर फर्किनेहरुले शैलेश सिंहलाई जिताउन भन्दै अभियान नै चलाएका छन् ।

स्थानीय स्तरमा देखिएको यो उत्साह, भीड र सक्रियताले यसपटकको चुनाव बझाङका लागि विशेष बन्ने संकेत गरेको छ । अझ यसपाली बझाङमा रास्वपाको विकल्प नभएको पनि स्थानीयहरुले दाबी गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार