मालपोतको काम अब स्थानीय तहबाटै, घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुँदै !

भक्तराज जोशी

धनगढी । जग्गा सम्बन्धी कामका लागि घण्टौँ मालपोत कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने तयारी अघि बढेसँगै अब जग्गा सम्बन्धी कामका लागि मालपोत कार्यालय धाउनुपर्ने र लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

अहिले कैलालीका स्थानीय तहबाटै भूमि प्रशासनका सेवा सुरु गर्ने तयारीस्वरुप धनगढीमा भू–सूचना प्रणाली सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।

संघीय भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तालिममा धनगढी उपमहानगरपालिकासहित कैलालीका सात स्थानीय तह र कञ्चनपुरका केही स्थानीय तहका कर्मचारी सहभागी भएका थिए । तालिममा ४३ जना कर्मचारीको सहभागिता रहेको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता हरिप्रसाद पन्तका अनुसार मालपोतबाट प्रदान हुँदै आएका लिखत पारित र नामसारीजस्ता सेवा क्रमशः स्थानीय तहबाटै सुरु गर्ने लक्ष्य राखिएको छ ।

तालिमपछि केही भूमि प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराइने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार