आहा !, धनगढीको सीप मेलाः सीप पनि सिकिने, काम पनि पाइने !

धनगढी । धनगढीमा पछिल्लो ३० दिनदेखि सीप तथा रोजगार मेला चलिरहेको छ । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप मेला केवल तामिल दिने थलो मात्र नभएर युवाका लागि असर सृजना गर्ने अभियानको रुपमा स्थापित भएको छ ।

सीप तथा रोजगार मेलामा युवाहरुले सीप मात्र सिकिरहेका छैनन्, बरु आफ्नै खुट्टामा उभिने आधार तयार गरिरहेका पनि छन् ।

मेलामा विभिन्न प्राविधिक र व्यवसायिक सीप सिकाइँदैछ । इलेक्ट्रिसियनदेखि कम्प्युटर, होटल व्यवस्थापनदेखि ब्युटी पार्लरसम्मका तालिमले युवाहरुलाई व्यवहारिक ज्ञान दिइरहेको छ ।

अर्कोतर्फ सीप मेलामा आउने युवाहरुले मेलामा बस्ने मात्र होइन, हातमै काम गरेर सिक्ने अवसर पाउँदा सहभागीहरुमा उत्साह झनै बढेको छ । अझ सुदूरपश्चिम प्रदेशको हकमा सीप तथा रोजगार मेला धेरै युवाहरूका लागि पहिलोपटक औपचारिक रुपमा सीप सिक्ने मौका बनेको छ ।

अझ मेलाको विशेष र सुन्दर पक्ष, मेलामा सीप सिकेर फेरि जागिर खोज्दै भौँतारिनु पर्दैन । विभिन्न व्यवसायी र रोजगारदाताहरु मेलामै पुगेर आफूलाई चाहिने सीप भएका युवाहरु छानिरहेका छन् ।

क्षमता भएका र राम्रो प्रदर्शन गर्नेहरुले सीप मेलाबाटै रोजगारीको प्रस्ताव पाउन थालेपछि युवाहरुमा आत्मविश्वास थपिएको छ । सीप सिकाउने र रोजगारी जोड्ने काम एउटै थलोबाट भइरहँदा दुवै पक्षलाई सहज भएको सहभागीहरुको भनाई छ ।

धनगढीमा भइरहेको यो पहलले युवालाई ‘अवसर खोज’ भन्दा पनि ‘अवसर सृजना गर’ भन्ने सन्देश दिएको छ । स्थानीय सरकारको सक्रियताले अब सीप, रोजगारी र भविष्य एउटै ठाउँमा भेटिने अवस्था बनेको छ । यही कारण सीप मेला अहिले धनगढीका युवाका लागि आशा र सम्भावनाको नयाँ कथा बनिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार