रविको प्रस्ताव– चुनाव सार्ने भए ४ दिन अघि सारौँ

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले चुनाव सार्ने भए ४ दिन अगाडि ल्याउने प्रस्ताव गरेका छन्। इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चुनाव सार्ने भए ४ दिन अगाडि ल्याउने प्रस्ताव राखे।

चुनाव सारौँ भन्नेहरूलाई रविले भने, ‘सार्ने भए ४ दिन यता सारौँ हामीलाई ठिक छ। ४ दिन पनि अलि लामो भयो। यो अब सारौँ भन्ने कुरा नगरौँ। चुनाव गरौँ, चुनावले दिएको परिणाम स्वीकार गरौँ। देश अगाडि बढ्छ। लोकतन्त्रको ठेक्का कसैले नलिऊँ, लोकतन्त्र जोगाउने यत्तिका जनता छन्। यत्तिका सचेत जनताले देशमा लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि।’

उनले देशमा विधिको शासनमा अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘रास्वपाले आफ्नो अवधारणामा भनेको छ, थिति बसाल्नका लागि हो। हामी थिति बसाल्ने काम गर्नका लागि आएका हौँ। त्यसैले मजदुर, विद्यार्थी, शिक्षक कसैले पनि चिन्ता गर्न पर्दैन। कर्मचारी साथीहरूमा पनि कता–कता यो के गर्ने होरु सङ्गठन, ट्रेड युनियन खारेज हुने भयो होला भनेर यो हुँदैन भनेर विरोध गर्ने कुराहरू हामीले सुनेका छौँ। कसैले विरोध गर्नै पर्दैन।’

उनले ४६ साल पछिका सबै काण्डको छानबिन रास्वपाले गर्ने बताए।

उनले थपे, ‘प्रतिशोध हुँदैन, हिसाब हुन्छ। जति पनि लघुवित्त, सहकारी लगायतका जति पनि समाधान निकाल्न नसकेर आरोप माथि आरोप लगाएर यसलाई समस्याग्रस्त बनाएर राख्ने तर समाधान नगर्नेहरूलाई म यहीँबाट भन्न चाहन्छु। रवि लामिछानेलाई थुन्न बाहेक कुनै मान्छेले एक रुपैयाँ फिर्ता पायोरु पाएन। आरोप मलाई लगाऊ। तर रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्छ, तयार भएर बस्नुहोला।’

उनले रास्वपा सरकार आएपछि सुकुम्बासी बस्तीमा डोजर चल्छ भनेर भ्रम चलाइएको बताए।

उनले भने, ‘सुकुम्मबासी समस्या समाधानको लागि शक्तिशाली आयोग बन्छ। त्यो आयोगमा रास्वपाका मान्छे होइन, एमालेका, माओवादीका, कांग्रेसका मान्छे होइनन्। देशका मान्छे, विज्ञ मान्छे र भूमिहीनको प्रतिनिधित्व हुने मान्छेहरू रहन्छन्। तिनको विज्ञताले बनाएको रिपोर्ट रास्वपाले कार्यान्वयन गर्छ। जहाँसम्म डोजरको कुरा छ, डोजर त सबभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन।’

उनले शिक्षकहरू स्मार्ट क्लासरुम कसरी बनाउने भन्नेमा केन्द्रित हुन आग्रह गरे। उनले भने, ‘राजनीतिको ठेक्का हामीलाई दिनुस्, हामी गरौँला। यो देशका विद्यार्थीलाई अब्बल शिक्षा कसरी दिनेरु हरेक क्लासरुम र हरेक विद्यार्थीको भविष्य कसरी बनाउनेरु तपाईँको सुरक्षा रास्वपाको नेताले गर्दैन, रास्वपाको नीतिले गर्छ। देशको शिक्षा नीतिले गर्छ। विद्यार्थीको भविष्य तपाईँ बनाउनुस्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार