देउवापछि लेखराजलाई हेर्दै सुदूरपश्चिम, बन्लान् त देउवाको विकल्प ?

कैलाली । सदूरपश्चिम प्रदेशको राजनीतिमा दशकौँसम्म प्रभाव जमाएको नाम हो, शेर बहादुर देउवा । नेपाली काँग्रेसका पूर्व सभापतिसमेत रहेका देउवा सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्दै पाँच पटक प्रधानमन्त्री बने । समग्र प्रदेशको विकासका लागि खासै केही गर्न नसकेको आरोप लाग्ने गरे पनि देउवालाई सुदूरपश्चिमलाई केन्द्रसँग जोड्ने सेतुका रुपमा पनि लिने गरिन्छ ।

तर अहिले देउवा सक्रिय राजनीतिमा छैनन् । काँग्रेसको विशेष महाधिवेशनले नयाँ सभापतिका रुपमा गगन थापालाई विश्वास गरेपछि देउवाले सक्रिय राजनीतिबाट विश्राम लिएका छन् ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै पाँच पाँच पटक प्रधानमन्त्री बनेका देउवाले सक्रिय राजनीतिबाट विश्राम लिएपछि र राजनीतिमा देउवको सक्रियता खुम्चिँदै गएपछि सुदूरपश्चिमको नेतृत्व अब कसले गर्छ ? भन्ने प्रश्न उठेको छ ।

यहीबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई वैकल्पिक शक्तिका रुपमा हेर्न थालिएको छ ।

लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय भट्ट पूर्वमन्त्रीसमेत हुन् । संगठन निर्माण, रणनीतिक निर्णय क्षमता र केन्द्रसम्मको पहुँचका कारण उनी सुदूरपश्चिमको राजनीतिमा प्रभाव विस्तार गर्न सक्षम नेताका रूपमा चित्रित छन् ।

हाल कैलाली–४ बाट उम्मेदवारी दिएका भट्टले चुनावी मैदानलाई केवल क्षेत्रीय प्रतिस्पर्धाका रूपमा नभई प्रदेशस्तरको शक्ति सन्तुलन परिवर्तन गर्ने अवसरका रूपमा लिएको देखिन्छ ।

विकास निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन, कृषि आधुनिकीकरण, युवा रोजगारी र पूर्वाधार विस्तारलाई प्राथमिक एजेन्डा बनाउँदै उनी मतदातामाझ पुगिरहेका छन् । विशेषगरी एमालेको संगठन सुदृढीकरणमा उनको सक्रियता उल्लेखनीय रहेको कार्यकर्ताहरूको दाबी छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार सुदूरपश्चिम अब परम्परागत एकदलीय प्रभावको युगबाट बहुदलीय प्रतिस्पर्धाको नयाँ चरणमा प्रवेश गरिरहेको संकेत देखिन्छ । कांग्रेसको ऐतिहासिक प्रभाव अझै कायम रहे पनि एमालेले प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउन खोजिरहेको छ ।

यस्तो अवस्थामा भट्टजस्ता अनुभवी नेताले प्रदेशको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्नु स्वाभाविक राजनीतिक प्रक्रिया मानिन्छ । अर्कोतर्फ केन्द्रीय राजनीतिमा राम्रो प्रभाव स्थापित गरेका भट्टलाई विकल्पका रुपमा हेरिँदा र अन्य दलमा अनुभवी तथा क्षमतावान् व्यक्तित्व नभएको चर्चा चलिरहँदा भट्टको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार