आम जनता पार्टीकी उम्मेदवार नै नेकपामा प्रवेश

भक्तराज जोशी

दाङ क्षेत्र नं.३ मा आमजनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेकी छन्।

सोमबार नेकपा तुलसीपुर–९ को आयोजनामा भएको चुनावी सभामा उम्मेदवार नेपाली सहित २३ जना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।

पाण्डेलाई नेकपा दाङ–३ का उम्मेदवार धनबहादुर मास्कीले स्वागत गरेका थिए।

मास्कीले मुलुकमा संघीयता, समावेशी, धर्मनिरीपेक्षता सहितको संविधान निर्माण गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अब पनि मुलुकको रक्षाको लागि नेकपालाई  मतदान गर्न आग्रह गरे। 

नवप्रवेशी उम्मेदवार नेपालीले आफूले नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको बताएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार