संयोजक दाहालद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा आज बिहान भएको बस दुर्घटनामा ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद् खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत संयोजक दाहालले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार