राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्।
रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्।
सोमबार बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे।
पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। उनी मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन्।
प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहे पनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट थिए।




प्रतिक्रिया दिनुहोस्