निर्वाचन आयोगले भन्यो- प्रचारप्रसारमा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू

निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्दा भौतिक वस्तुको प्रयोग नगर्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ती जारी गरी राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न भनेको हो।

त्यसको सट्टा कपडा, तुल, फ्लेक्स वा कागजमा चुनाव चिह्न प्रिन्ट गरेर तोकिएको मापदण्डअनुसार प्रचारप्रसार गर्न भने पाउने आयोगले जनाएको छ।

दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनुसमुदायको समग्र शान्तिमा प्रतिकूल असर परेको भन्ने सूचना/गुनासाहरू प्राप्त भएको आयोगले जनाएको छ।

‘…कुनै धातु,काठ वा अन्य प्रकृतिको सामग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी तथा गुनासाहरू निर्वाचन आयोगमा प्राप्त भएका छन्,’ आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

त्यसकारण धातु,काठ वा त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग नगर्न आयोगले निर्देशन दिएको हो।

आचारसंहिताले तोकेबमोजिम दलको झन्डा र चुनाव चिह्नको माध्यमबाट मात्रै चुनाव प्रचार प्रसार गराउन र सो विपरीत देखिएको आचारसंहिता प्रतिकूल हुने आयोगले जनाएको छ।

WhatsApp-Image-2026-02-22-at-19.24.11-1771819008.jpeg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार