पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु

काठमाडौंः पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

सोमबार बिहान करिब सवा १ बजे ग२ख १४२१ नम्बरको बस धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–चरौदी नजिकै रहेको चाइनाधाराबाट नदीमा खसेको हो। जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। घाइते २५ जनालाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिएका छन्। बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।

दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन्। घटना राति भएको कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

messenger sharing button
whatsapp sharing button
twitter sharing button
telegram sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार