गौरीफन्टा नाकामा शान्ति पुनर्स्थापना केन्द्रकी कर्मचारीले हैरानी दिएको गुनासो

धनगढी: आइतबार बिहान गौरीफन्टा नाकामा दुई नेपाली युवालाई शान्ति पुनर्स्थापना केन्द्रकी काउन्सेलरले दुःख दिएको घटना सार्वजनिक भएको छ। गौरीफन्टा नाकामा रहेको शान्ति पुनर्स्थापना केन्द्रमा काउन्सेलर पदमा कार्यरत हिरा कार्कीले कैलालीको बैनिया रामपुरका कृष्ण भुसाल र उनका भाइ प्रकाश भुसालले अनावश्यक हैरानी दिएकी हुन्।

भारतको मुम्बईको एक होटेलमा कुकको काम गर्ने कृष्ण भुसाल र उनका भाइ आइतबार बिहान गौरीफन्टा नाकामा पुगेका थिए। भाइ प्रकाश भुसालसँग नेपाली पहिचान खुल्ने कागजात नभएकाले भारतीय एसएसबीले उनलाई नेपाल आउन दिएन।

भाइलाई नेपाल पस्न नदिएपछि दाइ कृष्णले गौरीफन्टास्थित सशस्त्र प्रहरीलाई आफ्नो समस्या राखेका थिए। त्यसपछि सशस्त्र प्रहरीका एक अधिकारीले भारतीय पक्षसँग कुरा गरेर नेपालतर्फ आउने वातावरण बनाएका थिए।

कृष्णका अनुसार भाइ प्रकाशलाई ल्याउन भन्दै सशस्त्र प्रहरीका अधिकारी भारतीय पक्षसँग कुरा गर्न जाँदा उनले भिडियो बनाएका थिए। उक्त भिडियोमा शान्ति पुनर्स्थापना केन्द्र र आफूसमेत आएको भन्दै काउन्सेलर हिरा कार्कीले कृष्णको मोबाइल खोसेकी थिइन्। ‘मेरो भाइसँग कागजात थिएन, त्यसैले भारतीय प्रहरी उसलाई उतै रोक्यो, मैले नेपालतर्फ आएर सशस्त्र प्रहरीलाई आफ्नो समस्या राखेँ,’ उनले भने, ‘प्रहरीका असई साब उता जाँदा मैले भिडियो बनाएको हुँ। उक्त भिडियो किन खिचेको भन्दै मेरो मोबाइल खोस्ने काम भयो। शान्ति पुनर्स्थापना केन्द्रकी कर्मचारीले मोबाइल खोसेर दुई घण्टासम्म हामीलाई हैरानी दिने काम गरिन।’

कृष्णले थाहा पुलिसले सहयोग गरेको देखाउन भिडियो खिचेको बताएका छन् । शान्ति पुनर्स्थापना केन्द्रकी कर्मचारीले भिडियो किन खिचेको भनेर मोबाइ लगेर दुई घण्टासम्म सिमानामै अल्झाएर हैरानी दिएको उनको गुनासो छ।

काउन्सेलर कार्कीले सशस्त्र प्रहरीले तीन पटकसम्म मोबाइल फिर्ता गर्न भन्दा पनि मोबाइल नदिएको भुसालको आरोप छ।

शान्ति पुनर्स्थापना केन्द्रकी काउन्सेलर कार्कीले मोबाइल खोसेको विषय शान्ति पुनर्स्थापना केन्द्र धनगढीकी संयोजक कलशो रानालाई थाहा भएपछि मात्रै कार्कीले बिहान ९ बजे भुसाललाई मोबाइल फिर्ता दिएकी थिइन्। बिहान पौने सात बजे खोसिएको मोबाइन करिब दुई घण्टापछि मात्रै फिर्ता गरिएको थियो।

यस विषयमा बुझ्दा केन्द्रकी धनगढी प्रमुख रानाले सिमा क्षेत्रमा भिडियो बनाएकाले भारतीय प्रहरीले भुसालबाट मोबाइल खोसेर काउन्सेलर कार्कीलाई दिएको बताइन्। उनले उक्त घटनाको छानबिन गरेर कार्की उपर आवश्यक कारबाही गरिने बताइन्।

माइती नेपाल जस्तै शान्ति पुनर्स्थापना केन्द्रले पनि महिला तथा बालबालिका बेचबिखन सम्बन्धी निगरानी गर्छ। तर आइतवार भने भारतीय एसएसबीको भिडियो बनाएको भन्दै केन्द्रकी कर्मचारीले कार्कीले दुई युवालाई झण्डै दुई घण्टासम्म हैरानी दिएको घटना सार्वजनिक भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार