कञ्चनपुर–३ मा काँग्रेस, एमाले, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा

धनगढीः रमेश लेखकको गृह क्षेत्र कञ्चनपुर–३ यसपटक नयाँ समीकरणसहित चुनावी मैदानमा उत्रिएको छ। ०५६ सालदेखि संसदीय राजनीतिमा सक्रिय लेखक २०६४ बाहेक हरेक निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बन्दै आएका थिए। तर, यसपटक नेपाली काँग्रेस ले उनलाई टिकट नदिएर पूर्वजिल्ला सभापति हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएको छ।

टिकट वितरणपछि लेखक पक्षधर कार्यकर्तामा असन्तुष्टि देखिए पनि लेखक स्वयं बोहराको चुनावी अभियानमा सक्रिय भएपछि पार्टीभित्रको विवाद केही मत्थर भएको आँकलन गरिएको छ। लेखकले आफू काँग्रेसमै सक्रिय रहेको स्पष्ट पार्दै बोहराको पक्षमा मत मागिरहेका छन्।

काँग्रेस उम्मेदवार बोहराले निर्माणाधीन सुक्खा बन्दरगाहलाई पूर्णता दिने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, महाकाली नदीमा डुङ्गा सञ्चालन गर्ने, ब्रह्मदेव क्षेत्रमा केबलकार निर्माण अघि बढाउने तथा चीनसँग जोड्ने महाकाली करिडोरलाई सम्पन्न गर्ने एजेन्डा सार्वजनिक गरेका छन्।

यता नेकपा एमालेले डाक्टर दीपकप्रकाश भट्टलाई उम्मेदवार बनाएको छ। २०७४ मा वाम गठबन्धनको समर्थनमा लेखकलाई पराजित गरेका भट्ट बौद्धिक र शालीन नेताका रूपमा चिनिन्छन्। उनले जोगबुढा नदीमा तटबन्ध निर्माण, महाकाली नदीमा पक्की तटबन्ध र चक्रपथ, रौटेला नदीमा बाढी नियन्त्रण योजना तथा मझगाउँ विमानस्थल सञ्चालनका एजेन्डा अघि सारेका छन्। यद्यपि, युवा मतदातामाझ एमालेप्रति देखिएको असन्तुष्टि सम्बोधन गर्नु भट्टका लागि चुनौतीपूर्ण देखिन्छ।

नेपाल कम्युनिस्ट पार्टीबाट मानबहादुर सुनार प्रतिस्पर्धामा छन्। सुदूरपश्चिम प्रदेश सरकारका पूर्वकृषि राज्यमन्त्री सुनार २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनले भीमदत्त र बेदकोट क्षेत्रमा बाढी नियन्त्रण, सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालन तथा मझगाउँ विमानस्थललाई नमुना विमानस्थलका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। तर, संगठनात्मक रूपमा पार्टी कमजोर देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता पृष्ठभूमिका ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ। पुराना दलप्रति बढ्दो असन्तुष्टि र काँग्रेसबाट लेखक चुनावी मैदानमा नहुनु तथा एमालेभित्रको असन्तुष्टिलाई रास्वपाले आफ्नो पक्षमा अवसरका रूपमा हेरेको छ।

२०७९ सालको निर्वाचनमा रमेश लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए भने एमालेकी निरुदेवी पालले १८ हजार ४८५ मत ल्याएकी थिइन्। समानुपातिकतर्फ काँग्रेसले २० हजार ५७१, एमालेले ११ हजार ८१६, राप्रपाले ६ हजार २६, रास्वपाले ४ हजार ९ सय र माओवादी केन्द्रले ४ हजार ४६२ मत पाएका थिए।

यस निर्वाचन क्षेत्रमा दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिका–८ समेटिएका छन्। प्रमुख दलका उम्मेदवारसँगै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), श्रम संस्कृति पार्टी, मितेरी पार्टी नेपाल, नेकपा (माओवादी), उज्यालो नेपाल पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र आम जनता पार्टीका उम्मेदवारहरू पनि मैदानमा छन्। साथै थानेश्वर लेखक, वीरसिंह क्षेत्री र हर्कबहादुर ऐरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार