टी-२० विश्वकप: सुपर ८ मा आज दुई रोमाञ्चक खेल

टी-२० विश्वकपको सुपर ८ चरणमा आज दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेल श्रीलंका र इङ्ल्यान्डबिच श्रीलंकाको पल्लेकेले रंगशालामा दिउँसो ३:१५ बजे सुरु हुनेछ। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए।

जारी प्रतियोगितामा श्रीलंकाका पथुम निस्सान्का र बलर दुशन हेमन्त फर्ममा देखिन्छन्। त्यस्तै, इङ्ग्ल्यान्डका ज्याकब बेथेल र जोफ्रा आर्चरले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पल्लेकेलेको पिच स्पिनरका लागि सहयोगी मानिन्छ। तर ६० देखि ८० प्रतिशतसम्म वर्षाको सम्भावना रहेकोले खेल बिथोलिने डर छ।

अर्कोतर्फ, आजै भारतको अहमदाबादमा गत वर्षको फाइनल खेलका दुई प्रतिद्वन्द्वी भारत र दक्षिण अफ्रिका साँझ ७:१५ बजे आमने-सामने हुँदैछन्। सन् २०२४ को विश्वकप फाइनलमा भारतले ७ रनको नाटकीय जित निकाल्दै उपाधि जितेको थियो। जारी विश्वकपमा दुवै टोली अपराजित रहँदै सुपर ८ मा पुगेका छन्। भारतका इशान किशन र वरुण चक्रवर्ती तथा दक्षिण अफ्रिकाका एडेन मार्कराम र लुंगी एनगिडी मुख्य खेलाडीका रूपमा देखिएका छन्।

अहमदाबादको नरेन्द्र मोदी रंगशालाको पिच ब्याटिङका लागि निकै अनुकूल मानिन्छ। भारतका उपकप्तान अक्षर पटेल टोलीमा फर्कने अपेक्षा गरिएको छ। दक्षिण अफ्रिकाका लागि यो खेल अघिल्लो हारको बदला लिने अवसर हुनेछ भने भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार