कञ्चनपुरमा भन्सार छली ल्याइएका एक लाख बढीका किराना सामान बरामद

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–११ गुम्बा पछाडिबाट भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान प्रहरीले बरामद गरेको छ।

शनिबार प्रहरी चौकी परासनबाट खटिएको गस्ती टोलीले अन्दाजी मूल्य रु। १,००,०५० बराबरका विभिन्न किसिमका किराना सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ती सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार