प्रधानमन्त्रीले उठाइन् पार्टीको झन्डा जलाइएको घटना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन् । उनले फागुपूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुम पूर्वमा सम्भावित हिमपातजस्ता प्राकृतिक समस्या देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलमा उनले विभिन्न जिल्लामा स्थानीय समस्या रहेको उल्लेख गरिन् । तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र उनीहरूबीचको प्रतिस्पर्धा झडपका रूपमा बदलिन सक्ने उनले आशंका व्यक्त गरिन् ।

उनले पार्टीहरूका झन्डा जलाउनेजस्ता घटना पनि ‘रिपोर्ट’ भएका र यसले निर्वाचनका समयमा तनाव बढाउन सक्ने बताइन् । यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेकामा उनले जोड दिइन् ।

निर्वाचन बहिष्कारकर्ताको प्रभावकारिता भने कमजोर देखिएको उनले टिप्पणी गरिन् । कतिपयले निर्वाचन बहिष्कारका नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा/पैसा असुली) गर्ने प्रवृत्ति अपनाएका उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइन् ।

प्रधानमन्त्री सुशीला कार्कीको भनाइ पढ्नोस्–
फागुपूर्णिमाको दिन समस्या, त्यो पनि एउटा पर्वको समस्या । अनि, हिमाली क्षेत्रमा – रुकुम पूर्वमा सम्भावित हिमपात यति एउटा महत्त्वपूर्ण समस्याहरू हुन् । यहाँको भनेर अघि पृतनापतिज्यूले उल्लेख गर्नुभएको छ । त्यसपछि यहाँहरूका पनि आफ्नो ठाउँठाउँको, जिल्लाजिल्लाको समस्याहरू पनि यहाँ देखियो । यो झडपमा पहाडतिर त देखिएन, यो तराईतिर अब हुन्छ नि, दुई–तीनवटा पार्टीहरू अलि बढी सक्रिय र उनीहरू प्रभावकारी छन्, त्यो पार्टीबीचमा कसले जित्ने कसले हार्ने – त्योबीचमा केहीकेही खेल गर्न खोज्नु र त्यसै झडपको रूपमा परिणत हुनु त्यो त हामीले अब एउटा आशंका गर्ने ठाउँ भयो । नहुन पनि सक्छ, हुन पनि सक्छ, तर यो कुरालाई तयारी त हुनुपर्‍यो नि । अब हिजोअस्ति एउटाको पार्टीको अर्कोले झन्डा जलायो भन्ने यस्ता कुरा पनि आएको छ । यस्तो किसिमको आउन सक्छ । तयारी हुनुपर्ने हो । अब निर्वाचन बहिष्कार गर्ने, यो निर्वाचन बहिष्कार गर्नेहरूको मलाई कस्तो लाग्यो भने मैले यसरी भन्न मिल्छ कि मिल्दैन, मैले अध्ययन गरेअनुसार, यसो अहिलेसम्म हेरेअनुसार यो के रहेछ भने देखिने प्रभावकारी छैनन्, पार्टीको त्यति एउटा दुई–चार–पाँचजनाको एउटा समूह छ, त्यो चुनाव लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन । अनि, धेरै ठाउँमा सबैलाई त दोष लाउन मिल्दैन, कसैकसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउने । निर्वाचनमा निर्वाचन लड्दिनँ भन्दिएपछि पुगी गयो, केही गर्न परेन । कुनै फंक्सन पनि गरेन, एउटा पार्टी जीवित पनि रही रहन्छ, पैसा उठी पनि रहन्छ र यो खालको प्रवृत्ति देखियो । कसैले मैले यो व्यापार गरेको छु, यो उद्योग गरेको छु पार्टीबाट भन्यो, त्यसैलाई देखाइदियो । त्यो खालको देखिएको छ । तर पनि यसमा सतर्क त हुनुपर्छ । न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार