धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-४ का उम्मेदवार लेखराज भट्टले नेकपा एमालेलाई सूर्यसँग तुलना गर्दै मतदातालाई सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेका छन् ।
चुनावी अभियानका क्रममा एक सभालाई सम्बोधन गर्दै उनले एमाले सूर्य जस्तै देश र जनतालाई ऊर्जा दिने पार्टी भएको दाबी गरे । ‘एमाले सूर्यले जस्तै भिटामिन ‘डी’ दिने पार्टी हो, त्यसैले सूर्यमै भोट हालौँ ।’, उनले भने ।
उनले सूर्य बिना जीवन सम्भव नहुने उल्लेख गर्दै देशको विकास र समृद्धिका लागि पनि एमाले आवश्यक रहेको जिकिर गरेका छन् । एमाले नेतृत्वमा रहेका बेला विकास निर्माण, पूर्वाधार विस्तार र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम भएको उनले बताएका छन् ।
भट्टले आगामी निर्वाचनमा सूर्य चिह्नमा मतदान गरेर एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्