भजनीको हलौना घाटबाट अवैध सामान बरामद

कैलालीः जिल्लाको भजनी नगरपालिका–५ स्थित हलौना घाटबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

बिहीबार राति इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले अन्दाजी मूल्य ५४ हजार २०० रुपैयाँ बराबरका भाँडावर्तन तथा कस्मेटिक सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार उक्त सामान भन्सार प्रक्रिया नपुर्‍याई ल्याइएको आशंका गरिएको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जनाइएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार