बाजुराका भूकम्प पीडितलाई घरवासको चिन्ता

बाजुराः आगामी आफुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवारलाई मतको जस्तै यहाँका भूकम्प पीडितलाई घरवासको चिन्ता सुरु भएको छ । 

विगतका केही वर्ष देखि जिल्लामा बारम्बार आउने गरेको भुकम्ले चर्किएका घर यतिबेला धमाधम भत्किन थालेपछि उनीहरूलाई कहाँ बस्ने भन्ने चिन्ता सुरु भएको हो । खप्तडछेडेदह गाउँपालिका–६, नाइनाका स्थानीय रामबहादुर चदाराले विगत दुइ वर्षदेखि भूकम्पले हल्लाएको घर आफैँ भत्किन थालेपछि कहाँ बास बस्ने भन्ने चिन्ता लाग्न थालेको बताए। 

उनले भने, ‘केही वर्ष पहिला भूकम्पले चर्किएको घर पुनः निर्माणका लागि सबैलाई गुहार मागेको थिए । तर कतैबाट सम्भव भएन । आफूसम्म पैसा नहुँदा म हिउँदको महिना त्यसै घरमा बास बस्दै आएको थिएँ ।’

२०८२ फागुन ५ गते राति त्यसै घरमा सुति रहेको बेला एक्कासि घर भत्कियो । ज्यान जोगाउन  सफल भएपनि त्यस घरमा राखेको खाद्यान्न लुगा कपडा सबै पुरिए । अहिले आफूलाई के लगाउने कहाँ बस्ने के खखाने भन्ने निकै चिन्ता परेको चदाराले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार