१० लाखसम्म वार्षिक आम्दानीमा कर छुट दिने कांग्रेसको प्रतिज्ञा

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ पछि आफ्नो पार्टीको सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको घोषणापत्र ‘प्रतिज्ञापत्र’ सम्बन्धी सवाल–जवाफ कार्यक्रममा उनले वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने प्रतिज्ञा गरे। हाल अधिकतम ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकर दरलाई घटाएर २५ प्रतिशतमा सीमित गर्ने उनको भनाइ छ।

थापाले करका सबै प्रकारका दरहरूलाई सरल र व्यवस्थित बनाउने योजना रहेको बताए।

“नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने हो भने भाषण मात्रले पुग्दैन, नीतिगत सुधार अनिवार्य छ,” उनले भने, “हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौं।”
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार