धनगढी । डिलाइट इङ्गिलस स्कुलको २८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक समारोहकाबीच स्कुलको वार्षिकोत्सव सम्पन्न गरिएको हो ।
विद्यालय संस्थापक संरक्षक वुद्धि रिजालको अध्यक्षतामा सम्पन्न गरिएको वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्याब्सनका उपाध्इक्ष ललितराज पन्त, वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरी, वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी, पण्डित, ज्योतिष तथा साहित्यकार मनिराज जोशी, मानव सेवाको क्षेत्रमा काम गर्दै आएकी समाजसेवी कल्पना भट्ट विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यालय कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर खनालले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा उल्लेख्य रुपमा अभिभावकहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्