स्वतन्त्र जितेका बालेन र हर्क चुनावमा मस्त, गोपी हमाल जनताको काममै व्यस्त

काठमाडौँ । फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा देश चुनावी माहोलमा तातेको छ । मेयरदेखि पूर्वमेयरसम्म धेरैजना संघीय राजनीतिमा उक्लिने दौडमा छन् ।

बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ, रेणु दहाल लगायतका चर्चित मेयरहरु चुनावी मैदानमा सक्रिय रुपमा उत्रिएका छन् ।

तर बालेन, हर्क र दहालसँगै चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी हमाल) भने मेयरकै जिम्मेवारी निभाइरहेका छन् ।

हमाललाई चुनावी मैदानमा उतार्न थुप्रै राजनीतिक दलले राम्रै कसरत गरेका थिए । तर आफ्नो जिम्मेवारीमा दृढ हमालले चुनावमा नहोमिने बरु आफूले जनताबाट पाएको ५ वर्षको म्यान्डेड पूरा गर्ने अठोटका साथ नियमित काममा व्यस्त छन् ।

सिङ्गो देश चुनावमा होमिएका बेला गोपाल हमालले स्थानीय सरकारमै बसेर ‘पहिले जितेको जिम्मेवारी पूरा गरौँ’ भन्ने सन्देश दिइरहेका छन् ।

अहिले राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु भोट माग्दै हिँडिरहेका छन् । तर गोपाल हमाल जनताकै सेवामा समर्पित छन् । उनी चुनावी मैदानम होइन, काम र जिम्मेवारीको मैदानमा भेटिन्छन् । उनको यही स्वभावले अहिले देशव्यापी चर्चा कमाएको छ ।

विशेषतः स्वतन्त्र जितेका अन्य मेयरहरु चुनावमा होमिँदा हमालको कदम र कर्मले सत्तामोहीहरुलाई नमज्जासँग गिज्याइरहेको छ । सँगै धनगढीबासीमा हमालप्रतिको जनविश्वास र भरोसा थप बलियो बन्दै गएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार