नेपाली कांग्रेसले बुधबार जनकपुरमा सभा गर्दैछ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले भोलिदेखि देशव्यापी सभा गर्न लागेको हो।
जनकपुरको सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। जनकपुरको सभालाई प्रतिज्ञा सभा पनि भनिएको छ।
यही सभामा कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्नेछ। कांग्रेसले यसपालिको घोषणापत्रलाई प्रतिज्ञा पत्र भनेको छ।
कांग्रेस मधेस प्रदेश समितिले मंगलबार पत्रकार सम्मेलन गरी भोलिको सभाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्