प्रहरीको खोजीमा पैदलयात्रीलाई कुटपिट गर्ने कार चालक

पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा एक कार चालकले पैदलयात्रीलाई कुटेको देखिन्छ ।  कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । 



भिडियो कहाँको हो भन्ने खुलेको छैन । तर, सार्वजनिक भएको भिडियामा साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार