स्थानीयबाट बाजुरामा २६ थान हातहतियार बुझाइयो

बाजुराः जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजनाहरू स्थानीयले प्रशासनलाई बुझाएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिइएको थियो।

स्थानीयले हालसम्म २६ थान हातहतियार बुझाएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। तोकिएको समयभित्र प्रहरी कार्यालय तथा प्रशासनमा जिल्ला भरबाट घरेलु २६ थान हातहतियार बुझाएको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ पुस २९ गते सार्वजनिक सूचना जारी गर्दै आगामी निर्वाचन लक्षित जिल्लाभित्र इजाजत प्राप्त गरेका वा नगरी व्यक्तिगत रूपमा राखेका हातहतियार १५ दिनभित्र बुझाउन आग्रह गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार