धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौं फिर्ता

भक्तराज जोशी

धनगढी :- काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कदा यात्रु अलपत्र परेका छन् । सो जहाजमा रहनुभएका यात्रुसमेत रहनु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौं फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताए ।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।

उक्त जहाज धनगढीका लागि काठमाडौंबाट सोमबार राति ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौं फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार