कैलाली ४ः गोरख बहादुर विष्टको प्रतिबद्धतामा जनताका आशलाग्दा मुद्दा

कैलाली । कैलाली-४ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका गोरख बहादुर बिष्ट (आनन्द) ले सार्वजनिक गरेको १० बुँदे प्रतिबद्धता पत्र अहिले चर्चामा छ ।

विष्टले प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, समावेशिता र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

कृषिमा मलखाद, बीउ, सिँचाइ, शीतभण्डार, सहुलियत ऋण र उचित मूल्य सुनिश्चितताको वाचा गरिएको छ भने भूमिहीन, सुकुमवासी र छाडा चौपाया व्यवस्थापनसमेत एजेन्डामा छ ।

तर यी विषय संघ–प्रदेश–स्थानीय तहको समन्वय बिना सम्भव छैनन् । यद्यपि उनले आफूले यी विषयमा सशक्त आवाज उठाउने र पहल गर्ने बाचासमेत गरेका छन् ।

शिक्षा र स्वास्थ्यतर्फ प्राविधिक शिक्षा विस्तार, क्याम्पस स्तरोन्नति, विशेषज्ञ सेवा, स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन र सिकलसेल उपचार जस्ता प्रतिबद्धता गरिएका छन् । पूर्वाधारमा सडक, तटबन्ध, औद्योगिक क्षेत्र, खेलमैदानदेखि धार्मिक–पर्यटकीय विकाससम्मका योजना समेटिएका छन् ।

समावेशिता र युवालक्षित कार्यक्रम-डिजिटल सीप, सहुलियत कर्जा, स्वरोजगार-समय सान्दर्भिक देखिए पनि मुख्य प्रश्न कार्यान्वयनकै हो ।

कागजमा व्यापक देखिएको प्रतिबद्धता अब व्यवहारमा कति रूपान्तरण हुन्छ भन्ने नै निर्णायक हुनेछ । चुनावी बाचा होइन, विश्वसनीयता र कार्यक्षमताको परीक्षा सुरु भएको छ । यद्यपि विष्टले प्रतिबद्धता पत्रमा उल्लेख गरेका विषयमा केबल नारा वा चुनावी योजना मात्र नभएर कार्यानवयका लागि बनाइएको स्पष्ट मागचित्र भएको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार