भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाण्डौः सरकारले किशोरीहरुलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्राध्यापक डा. रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गरेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको माघ २५ गतदेखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान शुरू गरेको छ ।

एचपीभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभागबाट स्वीकृत सुरक्षित खोप रहेको यसबाट डराउन नपर्ने अधिकारीले बताए। । अभियानअन्तर्गत गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ ।

अध्यक्ष डा. अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गरे। वर्षौँदेखिको प्रयासपछि नेपालले एचपीभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट किशोरीहरुको भविष्य सुरक्षित गर्ने बताए। 

अभियानअन्तर्गत सरकारले ३ लाख ५० हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार