काठमाण्डाै: अफगानिस्तानका राशिद खान टी–२० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बनेका छन् ।
आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत भारतको दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा आज भएको संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलमा २७ वर्षीय राशिदले यो उपलब्धि हासिल गरेका हुन् । उनले यूएईका मोहम्मद अरफानलाई आउट गरे ।
राशिदले ५१७ खेलमा ७०० विकेट लिएका हुन् । टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलरको दोस्रो स्थानमा वेस्ट इन्जिका ड्वेन ब्राभो रहेका छन् । ब्राभोले ५८२ खेलमा ६३१ विकेट लिएका छन् । यस्तै यो सूचीमा तेस्रो स्थानमा रहेका वेस्ट इन्डिजकै सुनिल नरायनले ५८३ खेलमा ६१३ विकेट लिएका छन् ।
राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर पनि हुन् । राखिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १९१ विकेट लिएका छन् । यो सूचीमा दोस्रो स्थानमा १६४ विकेटसहित न्युजिल्यान्डका टिम साउथी र १६२ विकेटसहित न्युजिल्यान्डकै इश सोधी छन् ।




प्रतिक्रिया दिनुहोस्