चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिनु- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर समाजमा निराशा नजगाउन बताएका छन्।

सोमबार लमजुङको खुला सभामा बोल्दै शर्माले चुनाव जित्ने नाममा समाजमा निराशा जगाउने गरी भाषण र घोषणा नगर्न बताएका हुन्। उनले कसैलाई पनि गाली नगर्न पनि बताएका छन्।

‘चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गरौंl स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न,’ उनले भने, ‘चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरू मार्फत नगरौं।’

उनले कांग्रेसले अब निरन्तर सत्तामा आसन जमाउने परम्परा भत्काउने नीति लिएको पनि बताए। 

‘बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ। कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौं। अब उप्रान्त कोहि पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्,’ उनले भने। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार