कर्णाली नदीमा पक्की पुल माग्दै बाजुराका मतदाता

बाजुराः कर्णाली पारिका मतदाताहरूले कर्णाली नदीमा रहेको फेरी फेरिदिन उम्मेदवारसँग माग गरेका छन् । स्वामिकार्तिकखापर गाउँपालिका कर्णाली नदीपारि रहेको छ । यहाँका स्थानीयवासीले यसै नदीमा राखेको फेरीका सहाराले अहिले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् ।

यसले हिउँद महिनामा सहज हुने गरेको भए पनि बर्खाको समय फेरी बन्द हुने गरेकाले यसलाई फेरिदिन यहाँका मतदाताले उम्मेदवारलाई माग राख्ने गरेका हुन् । स्वामीकार्तिका खापर गाउँपालिकाका स्थानीय वीरभान विकले भने, “कर्णाली नदीमा फेरी हालेको छ । त्यसले हिउँदमा गाडी वारपार गरेर यातायातको सुविधा दिनेगरेको छ । तर बर्खामा त्यो बन्द हुने गरेको छ ।”

यो फेरी बन्द गरेर यहाँ हिउँद बर्खामा गाडी सञ्चालन हुने गरेर उम्मेदवारलाई यो ठाउँमा फेरी हटाएर पक्की पुल निर्माणका लागि माग राख्ने गरेको हो । कर्णालीमा चलाएको फेरीले हिउँदका केही महिना यातायातको सुविधा दिने गरेको भए पनि बर्खाको समय भने पानीको बहाव बढी हुने गरेकाले त्यसले काम दिँदैन । त्यसपछि यहाँको सबै यातायात ठप्प हुन्छ ।

यो समस्यालाई फेरिदिनका लागि अहिले गाउँमा आउने गरेका उम्मेदवारलाई फेरी फेरिदिन माग राख्ने गरेको विकले बताए। गाउँपालिकाले यहाँका सबै वडामा ग्रामीण सडक पु¥याएको छ । केही गाउँबस्तीमा अहिले सडक खन्ने काम निरन्तरता भइरहेको छ तर कर्णाली नदीमा पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुने गरेको छ । 

कर्णाली नदीमा पुल भए यहाँका प्रत्येक गाउँबस्तीमा बर्खाको समयमा पनि यातायातको केही सुविधा हुन्थ्यो । तर त्यहाँ पक्की पुल नहुँदा यहाँका स्थानीयले दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर घरसम्म लान बाध्य भएका छन् । स्वामीकार्तिकखापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने, “यहाँका अधिकांश वडामा सडक पु¥याएका छौँ । ती सडकमा अहिले गाडी गुड्ने गरेका छन् । हामीले कर्णाली नदीमा राखेको फेरीले ती वडामा गाडी गुड्ने गरेका हुन् । फेरीका कारण अहिले यहाँका स्थानीयको जीवनशैलीमा समेत परिवर्तन आएको छ ।”   
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार