बझाङ । केन्द्र मात्र होइन, प्रदेश सरकारबाट समेत हेपिँदै आएको बझाङ लामो समयदेखि समृद्धिको भोको छ । चुनावअघि साह्रै गज्जबका योजना र आश्वासन पाउने बझाङमा चुनावपछि विकास र बाचा दुवै गायब हुन्छन् ।
तर चुनावलाई जित्नकै लागि मात्र होइन, समृद्धिको ढोका खोल्ने माध्यमका रुपमा लिने राष्ट्रिय स्वतन्त्र पार्टीबाट शैलेश सिंहले उम्मेदवारी दिएपछि नागरिकमा उम्मिद पलाएको छ ।
बैंकिङ तथा वित्तीय क्षेत्रको राम्रो ज्ञान, आर्थिक व्यवस्थापनमा लामो साखेमयको अनुभव, संस्थागत सुशासनमा प्रतिबद्ध र शिक्षा तथा उद्यमशिलतामा सक्रिय रहेका सिंहको उम्मेदवारीलाई बझाङमा अर्थपूर्ण रुपमा हेरिएको स्थानीय नेताहरुको दाबी छ ।
शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा सक्रिय रहेर सयौँलाई रोजगारसँग जोडेका सिंहले सुदूरपश्चिममै सम्भावना देखाएर अवसर सँगै राजधानीमा मात्र हुन्छ भन्ने भाष्यलाई गलत साबित गरेका छन् ।
तर नयाँ शक्तिका रुपमा उदाएको रास्वपाको क्रेज र व्यक्तिगत रुपमा स्वच्छ छबि बनाएका सिंहलाई निर्वाचनमा त्यति सहज भने छैन । यद्यपि युवामाझ लोकप्रिय सिंहले बझाङमा आफ्नो पक्षमा गज्जबको माहोला बनाएका छन् ।
स्वयम् सिंहले पनि बझाङको आवश्यकता र अपरिहार्यतालाई ध्यान दिएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्