फाप्लामा क्रिकेटको भविष्य देखेका आलेले लिए धनगढीलाई क्रिकेटको ‘हब’ बनाउने लक्ष्य

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका प्रेम आलेले धनगढीलाई क्रिकेटको हब बनाउने लक्ष्य लिएका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका आलेले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै धनगढीलाई क्रिकेटको हब बनाउने लक्ष्य लिएका हुन् । उनले धनगढीमा क्रिकेटप्रति अभुतपूर्व क्रेज रहेको भन्दै उनले धनगढीलाई क्रिकेटको हब बनाउने आलेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै आलेले आफ्नो प्रतिबद्धतापत्रमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई उच्च प्राथमिकताका साथमा उल्लेख गरेका छन् ।

धनगढीमा क्रिकेटको क्रेज र क्रिकेटको भविष्यका लागि अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला केवल संरचना मात्र नभएर सम्भावनाको ढोका भएको पनि आलेले बताएका छन् ।

उनले खेलकुदमार्फत रोजगारी र पर्यटन प्रवद्र्धनको आधार तयार गर्न सकिने र क्रिकेटमार्फत नै आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने भन्दै धनगढीलाई क्रिकेटको हब बनाउने पनि बताएकाल छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार