सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौं- कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले सरकारको नेतृत्व गर्न चाहेको बताएका छन्। 

आइतबार काठमाडौंमा पार्टीको चुनावी घोषणा सार्वजनिक गर्दै उनले सरकारको नेतृत्व गर्नका लागि नै राजनीति गरिएको बताए। 

अध्यक्ष घिसिङले सिंगै देशको समस्या समाधानका लागि संसदमा रहेर पनि आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताए। 

उनले सरकारमा गएपछि पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका अनुसारको काम गर्ने समेत बताए।  

अध्यक्ष घिसिङले भने, ‘सबैले राजनीति गर्ने भनेको फेरि पनि सरकारको नेतृत्व गर्नका लागि नै हो। र त्यो सँगसँगै समाजमा देखिएका र देशको समस्यालाई समग्रमा विपक्षमा बसेर पनि र संसदको एउटा सशक्त प्रतिनिधि भएर पनि धेरैले धेरै आवाज उठाइरहेको हुन्छ। अब सरकारको नेतृत्व गर्नका लागि नै राजनीतिक दल खोलेको हुन्छ। राजनीतिमा आएको हुन्छ। त्यो नेतृत्व गर्नका लागि हामी सरकारमा जान्छौँ। र यो यो प्रतिबद्धता पूरा गर्छौं भनेर भन्छौँ।’

अध्यक्ष घिसिङले मुलुकको समृद्धिका लागि जलविद्युतको उत्पादनमा जोड दिइएको समेत बताए।  —न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार