नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नै चुनाव हुने बताएका छन् ।
मतदातासँग भेटघाटका लागि झापा पुगेका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग तोकिएको मितिमा नै चुनाव हुने देखेको बताए ।
चुनावबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भने, ‘चुनाव त हुन्छ भन्ने ठान्छु अब ।’ यद्यपि, सरकारको गतिविधि हेर्दा अझै पनि शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ ।
साथै, उनले घरदैलोको क्रममा सबै मतदातासम्म पुग्ने पनि बताए ।




प्रतिक्रिया दिनुहोस्