स्वतन्त्र उम्मेदवारले गरे रास्वपालाई समर्थन

कालिकोट -आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार अस्मिन कुमार विष्टले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेलाई समर्थन गरेका छन्।

शुक्रबार साझ सार्वजनिक गरिएको समर्थन पत्रमा विष्टले न्यौपानेलाई समर्थन गर्नुको मुख्य उद्देश्य कालीकोट जिल्लाका जनताको दीर्घकालीन हित, समावेशी विकास, सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि वैकल्पिक इमानदार र परिणाममुखी राजनीतिक अभ्यास अपरिहार्य भएको स्वीकार गर्दै, दुवै पक्ष आपसी सम्मान, सहकार्य र सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध भएका जनाएका छन्।  

सहमतिका बुँदाहरु:-  
१. जेनजी कालिकोटको वैचारिक अस्तित्व, पहिचान, उद्देश्य र अभियानलाई पूर्ण रुपमा सम्मान गरिनेछ। जेनजी भ्रष्टाचारविरुद्ध, सुशासन र नैतिक राजनीतिका पक्षमा रहेको अभियानलाई रा.स्व.पा. कालिकोटले आफ्नो साझा एजेन्डाका रुपमा स्वीकार गर्दै जेनजी आन्दोलनको अपनत्व लिने छ।  
२. विशेष कालीकोट जिल्लामा व्याप्त भ्रष्टाचार, कुशासन, अनियमितता र शक्ति दुरुपयोगको अन्त्यका लागि दुवै पक्ष संयुक्त रुपमा अभियान सञ्चालन गर्नेछन्। पारदर्शी, जवाफदेही र कानूनसम्मत शासन प्रणाली स्थापना गर्न साझा पहल गरिनेछ।  
३. जनताको जीवनस्तर सुधार हुने कार्यक्रम र नीतिमा संयुक्त रूपमा काम गरिनेछ।  
४. आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचन तथा जनसरोकारका मुद्दामा आपसी छलफल, सहमति र समन्वयका आधारमा साझा रणनीति तय गरिनेछ।  
५. जनप्रतिनिधि तथा राजनीतिक नेतृत्व जनताप्रति जवाफदेही हुने, सार्वजनिक सम्पत्ति र स्रोतको सदुपयोग गर्ने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्न प्रतिबद्धता व्यक्त गरिन्छ।  
६. संगठनात्मक सहकार्य सम्मानजनक रुपमा गरिने छ।  
७. जेनजी उम्मेदवार अस्मिन कुमार विष्टको टिमले रास्वपा उम्मेदवार प्रकाश न्यौपानेलाई चुनावको लागि समर्थन गर्ने र अस्मिन कुमार विष्टलाई पार्टीको कालिकोट जिल्ला संगठन विभाग प्रमुखको जिम्मेवारी दिई केही जेनजी युवाहरुलाई थप पार्टीको जिम्मेवारी दिने भनी सहमति गरी संयुक्त रुपमा चुनावमा होमिने निर्णय गरियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार