झापा । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा चुनावी गतिविधि तीव्र बनेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुगेर सुझाव, समस्या र अपेक्षा बुझ्ने अभियानमा सक्रिय देखिएका छन् ।
विभिन्न पार्टिका नेता तथा कार्यकर्ताले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मतदातासँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या संकलन गर्ने तथा पार्टीको एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले उनीहरू गाउँ टोलमा पुगेका हुन् ।
यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा गरिएका बालेन शाह सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसका कारण झापा–५ यतिबेला राष्ट्रिय ध्यानको केन्द्र बनेको छ ।
घरदैलोका क्रममा केही मतदाताले विगतमा पटक पटक मतदान गरे पनि स्थानीय विकासमा अपेक्षित सुधार नभएको गुनासो राखेका छन् । कतै इन्टरनेट सेवा कमजोर रहेको, कतै सडक तथा पूर्वाधार समस्याहरू समाधान नभएको उनीहरूको भनाइ छ । यस क्षत्रलाई विकास गर्नका लागी मतदाताले आग्रह गरेका छन् ।
उता स्वतन्त्र उम्मेदवारको पक्षमा रहेका मतदाताले नयाँ नेतृत्व र परिवर्तनको आवश्यकता औंल्याएका छन् । केहीले पुराना नेताहरूलाई निरन्तर अवसर दिनुपर्ने धारणा राख्दा, केहीले नयाँ विकल्प रोज्नुपर्ने बताएका छन् । यसरी झापा–५ मा दल र स्वतन्त्र दुवै पक्षको प्रभाव देखिएकाले वास्तविक मत परिणाम भने निर्वाचनपछि मात्रै स्पष्ट हुने देखिन्छ ।
यति वेला झापाका मतदाताले घरदैलोमा आएका नेता तथा कार्यकर्तालाई आफ्नो समस्या खुलेरै राख्न पाएका छन् । अव कुनलाई रोज्ने भन्ने बारे मतदाता अन्योलमै रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्