धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलामा महिलाहरुको उल्लेखनीय सहभागिता देखिएको छ । विभिन्न तालिम र प्रदर्शनीमार्फत महिलाहरुले नयाँ–नयाँ सीप सिक्दै आत्मनिर्भर बन्ने अठोटलाई अघि बढाएका छन् ।
मेलामा सिलाइ–कटाइ, कम्प्युटर, बेतका सामान बनाउने, ब्युटि पार्लर, हेयर सलुन, सिलाइकटाई लगायत विभिन्न सीपका स्टलहरु राखिएका छन् ।
सहभागी महिलाहरुले प्रशिक्षकबाट प्रत्यक्ष अभ्यास गर्दै सीप सिकिरहेका छन् भने कतिपयले आफ्नै उत्पादनसमेत प्रदर्शन तथा बिक्री गरिरहेका छन् ।
धनगढी उपमहानगरका अनुसार मेलाको उद्देश्य महिलाहरुलाई सीपमार्फत आयआर्जनसँग जोड्नु र उद्यमशीलतामा प्रोत्साहन गर्नु हो । “सीप सिकेपछि महिलाहरु आफ्नै व्यवसाय सुरु गर्न सक्छन्, जसले परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउँछ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए ।
मेलामा दैनिक सयौँ दर्शक तथा अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । सिकाइसँगै उत्पादन खरिद–बिक्री पनि भइरहेकाले महिला उद्यमीहरु उत्साहित देखिन्छन् ।
धनगढीमा आयोजित यो सीप मेला महिलाहरुका लागि अवसरको थलो मात्र नभई आत्मविश्वास बढाउने प्लेटफर्म बनेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः









प्रतिक्रिया दिनुहोस्