धनगढी । कैलालीमा नेशनल भोलेन्टियर्स फोर्सको सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्डर घोषणा कार्यक्रम सम्पन्न भएको छ । नेशनल भोलेन्टियर्स फोर्सका सुदूरपश्चिम प्रदेश इन्चार्ज सागर भट्टको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमले युनिफाइड कमाण्डर टिम घोषणा गरेको छ । कार्यक्रमले टिमका सह संयोजक दिपेन्द्र खड्का र डेबिट चन्द्र कठायतसहित ३५ सदस्यीय कमाण्डर टिम गठन गरेको जनाएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय महासचिव तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्ट प्रमुख अतिथि थिए ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिका रुपमा नेशनल भोलेन्टियर्स फोर्सका केन्द्रीय संयोजक तथा चिफ कमाण्डर पुष्प श्रेष्ठ र एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णरज जैशी सहभागी भएका थिए ।
एमालेको कैलाली जिल्ला अध्यक्ष तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का अध्यक्ष यज्ञराज ढुंगाना, केन्द्रीय कमिटी सदस्य तथा कैलाली इन्जार्ज लिला भण्डारीको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै पार्टी महासचिव लेखराज घट्टले युवा शक्तिलाई संगठित, अनुशासित र उद्देश्यपूर्ण ढंगले परिचालन गर्नु वर्तमान राजनीतिक सन्दर्भमा महत्त्वपूर्ण भएको धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्