जिम्बाब्वेको ऐतिहासिक जित, अस्ट्रेलिया पराजित

कोलम्बोमा भएको टी-२० विश्वकप २०२६ को खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हराउँदै सनसनी मच्चाएको छ।

यो जितसँगै टी-२० विश्वकपमा अस्ट्रेलिया विरुद्ध जिम्बाब्वेको अपराजित यात्रा कायम रहेको छ।

SHIKHAR COOL TECH

पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १६९ रनको बलियो योगफल तयार पार्यो।

ब्रायन बेनेटले उत्कृष्ट ब्याटिङ गर्दै ५६ बलमा अविजित ६४ रन बनाए। त्यस्तै तादिवानासे मारुमानीले विष्फोटक सुरुवात गर्दै २१ बलमा ३५ रन जोडे। अन्त्यतिर सिकन्दर रजाले १३ बलमा २५ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

१७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई जिम्बाब्वेका बलरहरूले सुरुदेखि नै दबाबमा राखे। ब्लेसिङ मुजरबानीले आफ्नो करियरकै उत्कृष्ट बलिङ गर्दै १७ रन दिएर ४ विकेट लिए। उनलाई साथ दिँदै ब्रेड इभान्सले २३ रन खर्चेर ३ विकेट लिए। यी दुईले पावरप्लेमै अस्ट्रेलियाको माथिल्लो क्रम ध्वस्त पारेका थिए।

अस्ट्रेलियाका लागि म्याट रेनशाले ४४ बलमा ६५ रन बनाउँदै जितको आशा जगाएका थिए, तर अन्य ब्याटर चल्न सकेनन्। ग्लेन म्याक्सवेलले ३१ रन बनाए पनि उनी संघर्ष गरिरहेको देखिन्थे। जिम्बाब्वेको चुस्त फिल्डिङ र सटिक बलिङका अगाडि अस्ट्रेलियाले पूरै ओभर खेलेर मात्र १४६ रन बनाउन सक्यो।

यो जितसँगै जिम्बाब्वे सुपर ८ चरणमा पुग्ने बलियो सम्भावना बनेको छ। अर्कोतर्फ, अस्ट्रेलियाको यात्रा अब कठिन भएको छ। अस्ट्रेलियाले अर्को चरणमा पुग्न अब श्रीलंका र ओमान दुवै टोलीलाई हराउनै पर्ने दबाब छ।

जिम्बाब्वेका स्टार खेलाडी ब्रेन्डन टेलर घाइते भएर प्रतियोगिता बाहिर भए पनि टोलीले उच्च मनोबलका साथ खेल्यो। सिकन्दर रजाको कप्तानी र अनुभवी खेल, अनि युवा खेलाडीहरूको जोशले जिम्बाब्वेलाई यो स्मरणीय जित दिलायो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार