कञ्चनपुरमा माघ महिनामा खैरो हेरोइनसहित ४९ जना पक्राउ, ३६ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माघ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार माघ महिनाभरि ५५.१७९ ग्राम खैरो हेरोइन, ५० पिस एम्पुल, २० थान क्याप्सुल र २९ थान ट्याब्लेट बरामद गरिएको छ। लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा १ महिला र ४८ पुरुष गरी कुल ४९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

यसै अवधिमा अवैध भन्सार छलीको क्रममा अन्दाजी मूल्य रु ३६,३५,३४३ बराबरका विभिन्न सामान बरामद गरिएको छ। उक्त प्रकरणमा भने कुनै पनि व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।

त्यसैगरी २५ लिटर अवैध मदिरा समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार लागूऔषध, भन्सार छली तथा अवैध मदिरा नियन्त्रणका लागि विशेष निगरानी र नियमित चेकजाँच अभियान सञ्चालन गरिएको थियो। साथै अपराध न्युनीकरणका लागि बिभिन्न संचेतनामुलक कार्यक्रमहरु पनि  संचालन गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार