झापाबाट हेलिकोप्टरमा काठमाडौँ फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ ।

ज्ञानेन्द्र शाह झापाबाट हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन्। यसअघि बुद्ध एयरको विमानमार्फत आउने भनिए पनि मौसमका कारण उडान ढिला हुने भएपछि उनले कैलाश एयरको हेलिकोप्टर रोजेका हुन्।

मध्यान्ह १२ बजे झापाबाट उडेका शाह करिब १ घण्टा १० मिनेटमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ।

शुक्रबार राजावादी समूहले विमानस्थलमा उनको स्वागतका लागि समर्थक भेला गर्ने तयारी गरेका छन्। सम्भावित उच्छृङ्खल गतिविधिलाई ध्यानमा राख्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार